मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

औषधिको एउटै मूल्य निर्धारण

औषधिको एउटै मूल्य निर्धारण


सरकारले मङगलबारदेखि लागु हुनेगरी औषधीको मुल्य निर्धारण गरेको छ । औषधी पसलेले ग्राहकहरुसंग मनपरी पैसा असुल्ने गरेको र ठगी गरेको गुनासो आएपछि सरकारले ९६ प्रकारका औषधिको मूल्य निर्धारण गरेको हो । 
 
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अत्यावश्यक मानिएका ९६ प्रकारका औषधिको मूल्य निर्धारण गरेको हो। सञ्चारमन्त्री मीनेन्द्र रिजालले यस्तो निर्णय सार्वजनिक गरेका हुन्।
 
औषधि पसलले मनोमानी ढंगबाट औषधि बिक्री गर्दा बिरामी र उनका परिवार मर्कामा पर्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, औषधि व्यवस्था विभागलगायत सरोकारवाला निकायका प्रतिनिधि सम्मिलित समितिले ६ महिना अध्ययन गरेर अत्यावश्यक औषधिको मूल्य निर्धारण गरेर प्रतिवेदन पेस गरेको थियो।
 
मन्त्रिपरिषदको बैठकले अत्यावश्यक मानिएका ९६ प्रकारका औषधिको मूल्य निर्धारण गरेको सुचना तथा सञ्चारमन्त्री डा.मीनेन्द्र रिजालले जानकारी गराउनु भएको हो । 
 
सरकारको निर्देशन अनुसार औषधि पसलेले मंगलबारबाट सरकारले तोकेको न्यूनतम मूल्यमै औषधि बेच्नुपर्नेछ । सरकारको निर्णय नमानी जथाभाबी औषधि बेच्ने पसलेलाई डेढ वर्षसम्म जेल सजाय हुनेछ ।