२०७१ सालको एसएलसी परीक्षामा विशिष्ट श्रेणीमा उत्तीर्ण हुने एक मात्र चेपाङ अर्थात प्रजा विद्यार्थी मनिषलाई उच्च शिक्षा अध्यनका लागि खर्चाभाव भएको छ ।
आर्थिक अभावका कारण विज्ञान विषय पढेर ईन्जिनियर बन्ने उनको सपना उदेश्य अधुरै रहने भएपछि उनी निकै दुखित बनेका छन् । अति सीमान्तिकृत समुदाय चेपाङको पनि गरिव परिवारमा जन्मिएका मनिषले कक्षा १० सम्म एक निजी विद्यालयमा निशुल्क पढ्ने मौका पाएका थिए ।
तर एसएलसीपछि आर्थिक अभाव हुने भएपछि चेपाङ् समुदायबाट ईन्जिनियर बन्ने उनको लक्ष्य भने अधुरै रहने सम्भावना बढेको छ । धादिङ्को बेनिघाट गाविस स्थित रिचोकटार चेपाङ् गाउँमा जन्मिएका मनिष सानैदेखि पढाईमा तेजिला थिए । चेपाङ् समुदायका मेधावी विद्यार्थी मनिषको उत्कृष्ट नतिजाबाट प्रभावित भएका स्थानीय संघसंगठन र समाजसेवीहरुको पहलमा चेपाङ्लाई काठमाडौंको एक निजी विद्यालयमा निशुल्क अध्ययनको अवसर उपलब्ध गराईएको थियो ।
बानेश्वरमा रहेको माउण्ट साईनिङ्ले उपलब्ध गराएको कक्षा तीनदेखि १० सम्म निशुल्क पठन पाठनको अवसरलाई मनिषले भरपुर सदुपयोग पनि गरे । हालै प्रकाशित एसएलसीको नतिजामा उनले ८६ प्रतिशत अंक सहित डिस्टिङ्सन ल्याएका छन् । अब विज्ञान विषयमा प्लस टु पढेर भविष्यमा इन्जिनियरिङ बन्ने उदेश्य लिएका छन् । तर, प्लस टुमा विज्ञान विषय पढाइ हुने कलेजको महङ्गो शुल्क मनिषको उज्ज्वल भविष्यमाथि तगारो बनेको छ ।
धादिङ्, चितवन, गोर्खा जिल्लामा बस्दै आएका पीछडिएको जाती चेपाङ्को सक्षरता दर २३ प्रतिशत छ । तर, आर्थिक अभावका कारण अधिकांश चेपाङ् विद्यार्थीले प्राथमिक तहसम्म मात्र अध्ययन गर्ने गरेका छन् । ६८ हजार जनसंख्या रहेको चेपाङ् समुदायबाट एसएलसीमा उत्कष्ट नतिजा ल्याएर मनिष समुदायकै उदाहरणीय विद्यार्थी बनेका छन् ।
प्रतिक्रिया