मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भान्जाले गरे आफ्नै मामाको हत्या

भान्जाले गरे आफ्नै मामाको हत्या


नवलपरासी । नवलपरासीको देवचुली नगरपालिका ४ परानपुरमा आफ्नै मामालाई भान्जाले हत्या गरेका छन् । कुखराको विषयमा विवाद हुँदा ३५ वर्षका भान्जा गुनवहादुर आलेले करिब ५५/६० वर्षका मामा तेजबहादुर पुलामीलाई सोमबार बिहान साढे ८ बजेतिरको कैचीले प्रहार गर्दा गम्भीर घाईते भएका थिए ।
 
घाइते पुलामीको उचारको क्रममा  दुम्कौली प्राथमिक  स्वास्थ्य केन्द्रमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक पर्शुराम तिवारीले जानकारी दिए । यस्तै आक्रमणमा परी मृतकका ३२ वर्षका छोरा मनबहादुर पुलामी पनि घाइते भएको छन् । उनको भरतपुर अस्पतालमा उपचार भैरहेको छ ।
 
घटनापछि तत्कालै प्रहरी घटनास्थलमा पुगी भान्जा आलेलाई  नियन्त्रण लिएको र घटनाका बारेमा अनुसन्धान सुरु गरेको प्रहरी नायव उपरीक्षक तिवारीले बताए ।