मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

आमासँग अनैतिक सम्बन्ध राखेको थाहा पाएपछि……

आमासँग अनैतिक सम्बन्ध राखेको थाहा पाएपछि……


नवलपरासी । नवलपरासीको सुनवल नगरपालिका–९ पिपरहवा बस्ने शिव पुजन थारुको आफ्नै छिमेकीले हत्या गरेका छन् । १९ गतेराति १० बजे सुनवल ९ पिपरहवा बस्ने हेमराज थारुले कोदालो प्रयोग गरी थारुको हत्या गरेको प्रहरीले जनाएको छ । आफ्नै आमाको भिनाजु शिव पुजनले आफ्नी आमासँगको अनैतिक सम्बन्ध राखेको थाहा पाएपछि थारुको हत्या गरेको अभियुक्त हेमराजले पत्रकार सम्मेलनमा बताए । शिव पुजनले गाँउका अन्य महिलाहरुलाई पनि अनैतिक सम्बन्ध राख्ने गरेको उनले बताएका छन् ।
 
आफू १५ वर्षको हुँदा आमा र शिव पुजनको आपत्तिजनक अवस्थामा पहिलो पटक भेटाएको र त्यसैबेलादेखि आफूले शिव पुजनलाई घृणा गर्दै आएको र बारम्बार सम्झाउँदासमेत आफूलाई उल्टै धम्की दिँदै आएको अभियुक्त हेमराजले बताएका छन् ।  आफू सन् २००६ को सुरुमा साउदी अरब गएको, २०१३ मा घरमा आउँदा अनैतिक सम्बन्धको हल्ला गाउँमा चलेको उनले बताए । त्यसबारेमा शिव पुजनको घरमा गएर कुरा राख्दा आफूलाई कुटपिट गरेको र उनको बुहारीले सुनवलचौकीमा उजुरीसमेत दिएको उनको भनाइ छ । तत्कालीन अवस्थामा गाउँलेको छलफलपछि दुवै पक्षलाई मिलाएर जाने सहमति गरिएको थियो ।
 
शिवपुजनले गर्दै आएको अनैतिक काम नछाडेपछि आफूले सहन नसकी १९ गतेराति १० बजे  आफ्नो घरनजिकै रहेको खेतमा पानी लगाएर फर्कंदै गर्दा बाटोमा हेमराजसँग भेट हुँदा शिव पुजनले गर्दै आएका त्रियाकलाप छाड्न आग्रह गर्दा उल्टै आफूलाई कुटपिट गर्न थालेपछि आफूले कोदालोले  हानेर हत्या गरेको अभियुक्त हेमराजले बताएका छन् । हत्याको खबर आएपछि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयको अनुसन्धान टोलीले  अनुसन्धान सुरू गरी हत्यारालाई  आइतबार घरबाटै पक्राउ गरेको थियो ।
 
घटनाको अनुसन्धानका लागि सादापोसाकमा खटिएका प्रहरी जवान वीरेन्द्र निशादले आफूलाई प्राप्त सूचनाको आधारमा अभियुक्तलाई पक्राउ गर्न सफल भएकोले  नवलपरासीका प्रहरी प्रमुख नलप्रसाद उपाध्यायले पुरस्कृत गरेका छन् । प्रहरीले हत्यामा संलग्न रहेको कोदालोलगायतका सामग्रीसमेत बरामत गरेको छ । शिवपुजनको हत्या गरेपछि आफूले मृत शरीरलाई खोलामा फाल्न ५० मिटर घिसार्दै गर्दा उज्जालो हुन थालेपछि छाडेको हेमराजले पत्रकार सम्मेलनमा बताए । यौन दुराचारी शिवपुजनको हत्या गरेर आफूलाई कत्ति पनि पश्चाताप नभएको उनले बताए ।