मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सवारी दुर्घटनामा तीनजनाको मृत्यु

सवारी दुर्घटनामा तीनजनाको मृत्यु


नवलपरासी । नवलपरासीको दुम्किबासमा भएको सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीले दिएको जानकारीअनुसार गएराति नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको ना ४ ख ५१५५ नम्बरको बसले ठक्कर दिँदा नाम थर नखुलेको एकजना पुरुषको ज्यान गएको हो । अन्दाजी ३५ वर्षीया पुरुष स्थानीय गाउँघरमा मागेर खाने गरेका पुरुषको उपचारका लागि चोरमारा ल्याउँदै गर्दा ज्यान गएको हो ।
 
त्यस्तै पाल्पामा भएको अर्को सवारी दुर्घटनामा दुईजनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारीअनुसार पाल्पाबाट रामपुर जाँदै गरेको ग १ क ७५३५ नम्बरको टिप्पर पाल्पाको ताहुँ ५ शेर्काबासमा पल्टँदा दुईजनाको घटनास्थलमै ज्यान गएको हो ।
 
गएराति भएको सवारी दुर्घटनामा ज्यान गुमाउनेमा ललितपुरको छम्की ८ निवासी ३५ वर्षीया विक्रम तामाङ र ललितपुर लेले ९ निवासी ३५ वर्षीय दीपक थापा रहेका छन् । सोही दुर्घटनामा परी ललितपुरको छम्की ८ निवासी विजय तामाङ गम्भीर घाइते भएका छन् ।