लसएन्जलस, ५ जुलाई / एनआरएन अमेरिकाले यही जुलाई ५ तारिखका दिन लस एन्जलसमा टिपिएस सम्बन्धी अमेरिकामा कानुनी पेशामा लामो समयदेखि संलग्न गोपाल शाहाले निशुल्क रुपमा कानुनि सल्लाहा प्रदान गर्नु भयो । दिउसो १.०० बजेदेखि साँझ ९.०० बजे सम्म संचालन भएको कार्यक्रमलाई TPS बारेमा जानकारी, खुल्ला प्रश्नोतर र व्यक्तिगत रुपमा भेटघाट गरी कानुनी सल्लाहा लिने गरी दुई चरणमा बाडिएको थियो । बि-१/बि-२, बिधार्थी, एसाइलम लगायत बिभिन्न स्टाटसमा रहेका व्यक्तिहरुले TPS मा एप्लाई गर्दा के हुन्छ, यसमा कसरी एप्लाई गर्ने जस्ता बिबिध प्रकारका समस्याहरुको जानकारी शाहाले प्रदान गर्नु भएको थियो । TPS को बारेमा थप जान्न आवस्यकता भएमा ४१५-६२४-४६३०, gshah@gopalshahlaw.com अथवा www.gopalshahlaw.com मा सम्पर्कमा गर्न सक्ने समेत बताउनु भयो । नेपालमा गएको महाभूकम्पको कारणले नेपालीहरुलाई TPS प्रदान गरिएको हुँदा सेवा स्वरूप, उहालाई सम्पर्क गरेर निशुल्क रुपमा TPS सम्बन्धि जानकारी लिन सक्ने समेत शाहाले बताउनु भयो ।
आजको कार्यक्रममा सान डिएगो छेत्रका लागि बाणिज्यदुत ऋषि ढकाल, गैर आवासीय नेपाली संघका पेट्रोन अम्बिका अधिकारी, गैर आवासीय नेपाली संघका आई.सि.सि प्रतिनिधि राजेन्द्र सिवाकोटी, ANA का अध्यक्ष रोजर अधिकारी, उपाध्यक्ष शम्भु ढुंगाना, बिभिन्न संघ संस्थाका प्रतिनिधि लगायत स्थानीय व्यक्तिहरुको उपस्थिति रहेको थियो । आज भएको कार्यक्रममा पचास भन्दा बढी व्यक्तिहरुले शाहासंग व्यक्तिगतरुपमा छुट्टै भेटि कानुनि परामर्श लिने अबसर प्राप्त गरेका थिए । एनआरएन अमेरिकाको सह-सचिव संगीता लम्साल सिवाकोटी र क्यालिफोर्निया च्याप्टरको उपाध्यक्ष रामबाबु पाण्डेले संयोजन गर्नु भएको उक्त कार्यक्रम आठ घण्टासम्म चलेको थियो ।
प्रतिक्रिया