मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

गायक सरोज श्रेष्ठको ‘सम्झेर बसेँ’ म्युजिक भिडियो (नयाँ भर्सनमा)

गायक सरोज श्रेष्ठको ‘सम्झेर बसेँ’ म्युजिक भिडियो (नयाँ भर्सनमा)


 
चितवन । ‘सम्झेर बसेँ, म सम्झेर बसेँ, मेरो आँसु पुछ्ने कसले’ यो बोलको गीत नगुन्गुनाउने युवाहरु कमै होलान् । चितवनका पप गीतका पारखीले अझै पनि यो गीतलाई भुल्न सकेका छैनन् । न त भुल्न सक्छन् यस्तो कर्णप्रिय गीत गाउने गायकलाई नै । 
 
युवामात्र होइन, संगीतका पारखीका लागि मोहनी नै लगाउने माधूर्य गीतका गायक हुन् चितवन रत्ननगर–२ का सरोज कुमार श्रेष्ठ । उनी राम्रा गायकमात्रै होइनन्, चितवनमा औँलामा गनिनेमध्येका एक हुन् । सानैदेखि गीतसंगीतमा रुचि राख्ने सरोजले दुर्इ दसक अघिदेखि सांगीतिक यात्रा सुरु गरेका हुन् । 
 
रत्ननगर–२, हाइस्कुलरोडका स्थानीय बासिन्दासमेत रहेका उनले यो गीत गाउन सुरु गर्दा चितवनका मै हुँ भनिने गायकहरुले संगीतको कखरा पनि सुरु गरेका थिएनन् भन्दा पनि हुन्छ । 
 
गितारमा पोख्त मानिने सरोजले गीतमात्रै गाएनन्, आफ्ना समकालीन साथीहरुलाई संगीत क्षेत्रमा आउने प्रोत्साहन पनि दिए । त्यतिमात्रै होइन शहीद स्मृति कलेज पढ्दाताका उनले धेरै स्थानीय गायक पनि जन्माए । उनीबाट प्रोत्साहित भएकाहरु एकताका देशभरि नै छाए । 
 
सम्झेर बसेँ बोलको यो गीत दर्जनौँ स्टेज प्रोग्रामहरुमा वान्स मोरको डिमाण्डसहित हिट भए । युवा पुस्ता त यति धेरै क्रेजी भए कि, उनलाइृ फ्यानहरुसँग समय मिलाउनै हम्मे हम्मे भयो । 
 
हो, उनै गायक सरोजले सम्झेर बसेँ गीतको नयाँ भर्सनको म्युजिक भिडियो बजारमा ल्याएका छन् । र, ती हजारौँ फ्यान जसले यूट्युबबाट यो गीतको भिडियो गीत हेर्न र सुन्न सक्नेछन् । उनले अरु दर्जनौँ गीत पनि गाए । प्रायः सबै गीत स्रोताले मन पराएका छन् ।  
 
आफ्नै व्यक्तिगत काम र पारिवारिक जीवनले केही समय गीतसंगीतबाट टाढा रहेका उनी फेरि उदाएका छन् । नयाँ भर्सनको म्यूजिक भिडियोसहित । पक्कै पनि उनको गीत सबैले मन पराउने अपेक्षा लिइएको छ । गीतसंगीतका पारखीले सम्झेर बसेको उनको गीत पुर्नताजगीसहित पुनः सुन्न सक्ने भएका छन् । 
 
सांगीतिक क्षेत्रमा पुनः उदाएकामा उनका साथीभाइ, फ्यान र शुभचिन्तकहरुले खुसी व्यक्त गरेका छन् । रत्ननगरका यी रत्न, सरोजको गीत तपाइँहरुले माथिको भिडियोमा हेर्न अनि सुन्न सक्नुहुनेछ । 
 
 

शेयर गर्नुहोस:

0
Shares