मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सुरेन्द्र सिग्देल विजयी

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सुरेन्द्र सिग्देल विजयी


अष्ट्रेलिया । गैरआवासीय नेपाली संघ एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सुरेन्द्र सिग्देल निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा उनले भरत पोखरेललाई पराजित गरेका हुन् । सचिवमा तोनु घोताने, सहसचिवमा भीष्मराज भण्डारी र कोषाध्यक्षमा डिला खरेल विजयी भएका छन् ।
 
कोषाध्यक्ष खरेल चितवन निवासी हुन् । उहाँले अष्ट्रेलिया र चितवनमा व्यवसाय गर्दै आईरहनु भएको छ । स्थानीय समयअनुसार राति सवा १० बजे मत परिणाम सार्वजनिक भएका हो । सार्वजनिक मत परिणामअनुसार आइसीसीमा केशव सापकोटा अत्यधिक मत ल्याएर बिजयी भएका छन् ।  दुर्इजना महिला सदस्य पनि उहाँकै प्रजातन्त्रवादी समूहले जितेको छ ।
 
सार्वजनिक परिणामअनुसार युवा संयोजकमा विजय शर्मा चापागाईं निर्वाचित भएका छन् । 
 
यस्तै, इन्टरनेशनल कोअर्डिनेशन कमिटी आइसीसी मेम्बरमा केशव सापकोटा, ईश्वर कुईंकेल, प्रकाश जिसी, बालचन्द्र भट्टराई र डा राजु अधिकारी निर्वाचित भएका छन् । यसैगरी एनएसडब्लु च्याप्टरको संयोजकमा दिनेश पोखरेल, डेपुटी कोअर्डिनेटर प्रकाश खरेल र सचिवमा भूपाल सिटौला निर्वाचित भएका छन् ।