मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सुईले लियो बिरामीको ज्यान !

सुईले लियो बिरामीको ज्यान !


रौतहट । रौतहटको भलोहिया गाविसमा एक व्यक्तिको मृत्यु भएपछि प्रहरीले त्यहाँका चिकित्सकलाई शनिबार पक्राउ गरेको छ । सुई लगाइएको केही मिनेटमै भलोहिया गाविस–२ का ५० वर्षीय रफिक मियाको मृत्यु भएपछि प्रहरीले पिपराबजारमा २५ वर्षदेखि आयुर्वेदिक क्लिनिक सञ्चालन गर्दै आएका भारत सीतामढी जिल्ला सैतपुर्वा गाउँ बस्ने रवि अहमदलाई पक्राउ गरेको हो ।
 
बिरामीलाई चिकित्सक अहमदले सुइ दिएपछि ज्यान गएकाले निजलाई आवश्यक कारबाहीका लागि प्रहरीमा बुझाइएको हो । स्वास्थ्य खराब भएपछि उपचारार्थ पुग्दा ती चिकित्सकले रोगको पहिचान नगरीकनै सुई लगाउँदा मृत्यु भएको स्थानीय बासिन्दाले जिकिर गरेका छन् ।
 
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक सुधीरराज शाहीले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको बताए । रासस