मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

गृहमन्त्रीको आलोचनापछि प्रहरीले हान्यो गोली !

गृहमन्त्रीको आलोचनापछि प्रहरीले हान्यो गोली !


काठमाडौं । गृहमन्त्री वामदेव गौतमले देशमा गुन्डागर्दी बढिरहेको भनेर प्रहरी प्रशासनको कडा आलोचना गरेकै भोलिपल्ट प्रहरीले गुन्डालाई गोली हानेर नियन्त्रणमा लिएको छ ।
 
भूकम्पमा सिन्धुपाल्चोक जेलबाट भागेका डन सन्की लामा भनिने रावणजित तामाङलाई प्रहरीले सुन्धाराको बेबिलोन डिस्कोबाट पक्राउ गरी गाडीमा राख्न खोजेको थियो । तर उनी भाग्न खोजेपछि प्रहरीले उनको खुट्टामा तीन राउन्ड गोली हानेर नियन्त्रणमा लिएको हो । प्रहरीलाई अवरोध गर्ने उनका साथी उमेश श्रेष्ठ पनि पक्राउ परेका छन् । प्रहरीको यो अप्रृसन गुन्डागर्दीविरुद्ध कडा रूपमा प्रस्तुत हुने संकेत भएको प्रहरी स्रोत बताउँछ । 
 
अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालले गुन्डागर्दी नियन्त्रणलाई आफ्नो प्राथमिकता बनाएका छन् । राजनीतिक आवरणमा गुन्डाहरू सक्रिय हुँदै गएपछि पछिल्लो समय प्रहरी कडा रूपमा प्रस्तुत हुँदै आएको छ ।
 
गत वर्ष साउनमा प्रहरी इन्काउन्टरमा राजधानीका डन दिनेश अधिकारी ‘चरी’को मृत्यु भएको थियो । उनको मृत्युपछि डनहरू डराएको अनुभव गरिए पनि पछिल्लो समय फेरि सक्रिय हुँदै गएपछि प्रहरीले सक्रियता बढाएको हो । 
 
आपराधिक गतिविधिबाट कमाएको पैसाको आडमा उनीहरू राजनीतिक रूपमा समेत शक्तिशाली हुँदै गएका छन् । गुन्डागर्दी बढेकै सूचनाका आधारमा अपराध महाशाखा पनि उनीहरूविरुद्ध कडा रूपमा प्रस्तुत हुने तयारीमा रहेको समाचार नयाँ पत्रिका दैनिकमा छापिएको छ ।