मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

घूस लिएको आरोपमा दुई इन्जिनियर पक्राउ

घूस लिएको आरोपमा दुई इन्जिनियर पक्राउ


कावासोती, नवलपरासी । उपभोक्ता समितिको काम मिलाइदिने भन्दै घूस लिएको आरोपमा दुई इन्जिनियर पक्राउ परेका छन् । 
 
अख्तियार दुरूपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बुटवलको टोलीले उपभोक्ता समितिबाट कार्य सम्पन्नको रिपोर्ट बनाई योजना फछ्र्योट गरिदिने भन्दै घूस लिएको आरोपमा इन्जिनियर ईश्वरीप्रसाद ढकाल र योगेन्द्र मिश्रलाई आज कार्यकक्षबाटै रङ्गेहात पक्राउ गरेको हो । 
 
रु ५६ हजार घुस लिँदै गर्दा पश्चिमाञ्चल सिँचाइ विकास डिभिजन कार्यालय नं ७ का दुई इन्जिनियर ढकाल र मिश्र पक्राउ परेका हुन् । सेमरहवा तिलकपुर सिँचाइ उपभोक्ता समितिको रु चार लाखको योजना फछ्र्योट गर्नका लागि ती दुई इन्जिनियरले घुस लिएका थिए । 
 
पक्राउ परेकालाई बुटवल लैजाने अख्तियार दुरूपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय बुटवलबाट खटिएका प्रहरी निरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो । रासस