मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

एमालेले बनायो २७ हजार घरटहरा : अध्यक्ष ओली

एमालेले बनायो २७ हजार घरटहरा : अध्यक्ष ओली


पथरी (मोरङ) । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भूकम्पले क्षति ग्रस्त भएका २७ हजार २५६ घरटहरा निर्माण गरेको बताउनुभएको छ ।
 
मदन भण्डारी फाउन्डेसनले आज विराटनगरमा आयोजना गरेको पूर्वाञ्चलस्तरीय अन्तरसंवाद कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले २८ हजार एमालेका कार्यकर्ताले भूकम्पबाट प्रभावित २७ निर्वाचन क्षेत्रमा २७ हजार २५६ घरटहरा निर्माण गरेको र एक हजार विद्यालय निर्माण तथा २२ हजार भत्किएका घरको सरसफाइ गरेको उल्लेख गर्नु भयो । 
 
उहाँले एमालेका कार्यकर्ताले भूकम्प प्रभावित क्षेत्रमा राम्ररी पुनःनिर्माणको काम गरेकाले सो क्षेत्रका जनताले फूलमाला लगाएर बिदाइ गरेको चर्चा गर्नु भयो ।
 
उहाँले अर्काे एक फरक प्रशङ्गमा एमालेले सरकारको नेतृत्वमा जान्छु नभनेको तर एमाओवादी, काँग्रेस र फोरमलगायतका दलहरूले अबको सरकारको नेतृत्व एमालेले गर्नुपर्ने धारणा राखेको खुलासा गर्नुभयो । रासस