मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

वासिंगटन डिसीमा प्रदर्शन भएको कोहिनूरको १७ सय डलर प्रधानमन्त्री कोषमा ( भिडियो सहित )

वासिंगटन डिसीमा प्रदर्शन भएको कोहिनूरको १७ सय डलर प्रधानमन्त्री कोषमा ( भिडियो सहित )


जुलाई १, वासिंगटन डिसी –  भूकम्प पिडीतहरुको सहयोगार्थ गत हप्ता वासिंगटन डिसीमा प्रदर्शित “कोहिनूर” बाट संकलन भएको युएस १७०० डलर आज प्रशिद्ध नायिका एबं निर्माता स्वेता खड्काले वासिंगटन डिसीस्थित दुतावासका उपप्रमुख श्रीऋषि राम घिमिरेलाई  प्रधानमंत्री राहत कोषका निमित्त हस्तान्तरण गर्नु भयो ।
 
सो अबसरमा मेरिल्याण्ड राज्यका बाणिज्य दूत एबं प्रशिद्ध लोक गायक प्रेमराजा महत, काउन्सेलर जेनेरल नारायण मैनाली, प्रशिद्ध नृत्य निर्देशक बसन्त श्रेष्ठ, हेमन्त श्रेष्ठ,  ईनेप्लिज डटकमका संस्थापक पत्रकार विश्व थापा  तथा अमेरिका नेपाल टेलीभिजनका फोटो पत्रकार बाल दिवसको उपस्थिती रहेको थियो ।
 
सो अबसरमा उपप्रमुख घिमिरेले चलचित्रबाट उठेको रकम  राहत कोषका निमित्त प्रदान गरेर नायिका स्वेता खड्का र आयोजक संस्थाहरुले एउटा सहयोगी मन प्रदर्शन गरेको कुरा उल्लेख गर्दै सबैलाई धन्यबाद दिनु भएको थियो । बाणिज्य दुत प्रेमराजा महतले यो पवित्र कार्यको प्रसंसा  गर्दै नायिका खड्काको सुन्दर भबिष्यको कामना गर्नु भयो । नायिका खड्काले यसरी सहयोग गर्न पाउने अबसर उपलब्ध गराउने र सहयोग  गर्ने सबैलाई धन्यबाद दिनु भएको थियो ।
 
स्मरणीय छ हालै अमेरिकाको विभिन्न राज्यहरुमा “कोहिनूर“ प्रदर्शन भएको थियो भने वासिंगटन डिसी मेट्रोमा ३६ संघसंस्थाहरुको संयुक्त  आयोजामा प्रदर्शन भएको थियो ।