मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नारायणीमा हामफालेका पुरुषलार्इ सशस्त्रले बचायो

नारायणीमा हामफालेका पुरुषलार्इ सशस्त्रले बचायो


काठमाडौं : आत्महत्या गर्न चितवनको भरतपुरस्थित नारायणी नदीमा हामफालेका एक होटल ब्यवसायीलार्इ सशस्त्र प्रहरीले उद्धार गरी बचाएको छ । 
चितवन भरतपुर-१ रामनगरमा स्वर्गदारी तन्दुरी रेस्टुरेण्ट चलाउँदै आउएका ३७ वर्षीय टेकबहादुर बिक आत्महत्या गर्न वर्षे भेलम उर्लेको नारायणी नदीमा हामफालेका थिए ।
 
बागलुङको गल्कोट-१ स्थायी घर भएका उनलार्इ उद्धार गरी सशस्त्र प्रहरीको चितवनस्थित आईआरटी पोष्टमा राखिएको छ । उनले आत्महत्या गर्न खोज्नुको कारण खुल्न सकेको छैन ।