बिश्व घटना

निशाले खौरिइन् कपाल

निशाले खौरिइन् कपाल


हालै अमेरिका पुगेर कपाल छोटो पारेर चर्चामा आएकी अभिनेत्री निशा अधिकारीले एक कदम अगाडि बढ्दै आफ्नो केश मुन्डन गरेकी छन्। उनले आफ्नो फेसबुकमा मुन्डन गरेको फोटो पोस्ट गरेकी छन्। 
 
निशाले विरालोलाई बोकेर सार्वजनिक गरेको तस्बिरमा उनको कपाल छैन । उनले आफ्नो मनले चाहेको कुरा गर्नुपर्छ भन्दै पूर्ण रुपमा कपाल खौरिएकी छिन् ।
 
निशाले यस्तो सोच किन बनाइन् भन्ने उनलाई नै थाहा होला । तर, अमेरिका पुगेपछि एकाएक निशामा आएको परिवर्तनले धेरै कुराको संकेत गर्दछ । 
 
यसरी कपाल खौरिएर धेरै नायिकाहरु भिक्षुनी बनेका उदाहरण पनि बलिउड र कलिउडमा मात्र होइन हलिउडमा पनि छ ।
 
उनी अमेरिका पुगेपछि क्रिकेटर शरद भेषवाकरसँगको प्रेमसम्वन्ध टुङ्गिएको हल्ला चलेको थियो जसलाई पछि दुवैले खण्डन गरेका थिए।  
 

शेयर गर्नुहोस:

0
Shares