मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नारायणी नदीमा आत्महत्या गर्न खोज्नेको सकुशल उद्धार

नारायणी नदीमा आत्महत्या गर्न खोज्नेको सकुशल उद्धार


चितवन । नारायणी नदीमा हामफालेर आत्महत्या गर्न खोजेका एक युवालाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । 
 
बाग्लुङ, गल्कोट–२ घर भई भरतपुर उपमहानगरपालिका–१ स्थित रामपुरमा स्वर्गाद्वारी तन्दुरी रेष्टुरेण्ट चलाउँदै आएका ३७ वर्षीय टेकबहादुर विकलाई बिहीबार १:३० बजेक नारायणी पुलमुनिबाट उद्धार गरिएको हो । 
 
पारिवारिक समस्याका कारण आत्महत्या गर्न पुलबाट हामफालेका विकलाई सशस्त्र प्रहरी बल आइआरटी पोष्ट पुल्चोकका प्रहरी सहायक निरीक्षक सीताराम थापाको कमाण्डमा खटिएको टोलीले विकको जीवितै उद्धार गरेको हो । 
 
उद्धार गरिएका विकलाई वडा प्रहरी कार्यालय नारायणगढमा बुझाइएको इन्स्पेक्टर सुमन अधिकारीले जानकारी दिए । ०७१ पुस २९ गतेदेखि पुल्चोकमा सशस्त्र प्रहरीले शान्ति सुरक्षा र उद्धार कार्य गर्दै आइरहेको छ ।