मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

धार्मिक एवम् पर्या-पर्यटनको गन्तव्य माडी

धार्मिक एवम् पर्या-पर्यटनको गन्तव्य माडी


माडी, चितवन । धार्मिक एवम् पर्या–पर्यटनको गन्तव्यका लागि माडी उपयुक्त रहेको सम्बन्धित क्षेत्रका सरोकारवालाहरुले बताएका छन् । जिल्ला विकास समिति चितवन र चितवन पर्यटन विकास समितिको संयुक्त आयोजनामा माडीको बसन्तपुरमा सम्पन्न ‘धार्मिक एवम् पर्यापर्यटनको गन्तव्य माडी’ विषयक छलफल कार्यक्रमका वक्ताहरुले माडीको पर्यटकीय विकासमा सम्भावना रहेको बताए । उनीहरुले मन भुलाउन माडी बोलाए । 
 
पर्यटनविज्ञ एवम् मैयाँदेवी क्याम्पसका उपप्राध्यापक विश्वराज सुवेदीले धार्मिक एवम् पर्यापर्यटनको गन्तव्य माडी विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा माडीमा रहेका मन भुलाउने स्थानहरु सोमेश्वर, सोमेश्वर कालिका, त्रिवेणीधाम, वाल्मीकि आश्रम, गोद्धक परशुकुण्ड, पाण्डवनगर, बैकुण्ठेश्वरधाम एवम् महादेव मन्दिर, अयोध्यापुरीको सीता गुफा, विक्रमबाबा, चितवन राष्ट्रिय निकुञ्जलगायतका स्थलहरुको चर्चा गरिएको थियो । 
 
जिल्ला विकास समितिका कार्यक्रम अधिकृत प्रकाशचन्द्र पौडेलले माडी नगरपालिकाले पनि पर्यटन प्रबद्र्धनका लागि काम गरिरहेकोले जिल्ला विकास समिति, नगरपालिका, स्थानीय पर्यटन विकास समिति र निकुञ्जसँग समन्वय गरेर काम गर्न खोजिरहेको बताए । चितवन पर्यटन विकास समितिका अध्यक्ष दिलीप मैनालीले पर्यटनको हिसावले माडी चितवकै आकर्षक सहर भएको बताए ।