मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बलात्कारीेलाई १० वर्ष कैद र हत्यारालाई सर्वस्वसहित जन्मकैद

बलात्कारीेलाई १० वर्ष कैद र हत्यारालाई सर्वस्वसहित जन्मकैद


इलाम । जिल्ला अदालत इलामले बलात्कार गरेको अभियोगमा पक्राउ परेका जिर्मले–६ का धनबहादुर घिमिरेलाई ब’धबार १० वर्ष  लामो कारावास सजाय सुनाएको छ । 
 
जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले मुलुकी ऐन जबर्जस्ती करणी महलको १ नं. र ३ (१) बमोजिम कसुर गरेको ठहर गर्दै घिमिरेलाई १० वर्ष कैद र पीडितलाई २० हजार रूपैयाँ क्षतिपूर्ति भराइदिने फैसला सुनाएको अदालतका श्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिनुभयो । घिमिरेले चार वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेका थिए । 
 
यस्तै, जिल्ला अदालतले बालक हत्याका आरोपित चमैता–६ का देशकुमार राईलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ । 
 
अदालतका न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले राईलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ र १३ (३) बमोजिम कसुर ठहर गर्दै सोही महलको १३ (३) अनुसार सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको श्रेस्तेदार भट्टराईले जानकारी दिनुभयो । 
 
चमैता–६ का १० वर्षीय विशाल राईलाई देशकुमारले गाईवस्तु चराउन जङ्गल गएका बेला हत्या गरेको भन्दै उनका बाबु अर्जुन राईले गत वैशाख ६ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । रासस