मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

BREAKING NEWS : अश्लिल हर्कत गर्ने कृषिमन्त्री हरिप्रसाद पराजुलीद्वारा राजिनामा

BREAKING NEWS : अश्लिल हर्कत गर्ने कृषिमन्त्री हरिप्रसाद पराजुलीद्वारा राजिनामा


१७ असार, काठमाडौं । महिलामाथि अश्लिल हर्कत गरेपछि विवादमा आएका कृषिमन्त्री हरिप्रसाद पराजुलीले अन्ततः पदबाट राजिनामा दिएका छन् ।
 
पराजुलीले बिहीबार बिहान पार्टी अध्यक्ष केपी ओली निवास बालकोट पुगेर ओलीलाई राजिनामा बुझाएको एमाले स्रोतले जानकारी दिएको छ ।
 
सदन, समाजिक संजाल र सडकमा समेत मन्त्री पराजुलीको अश्लिल गतिबिधिप्रति चर्को अलोचना भएपछि अध्यक्ष ओलीले बुधबार नै कृषिमन्त्रीलाई राजिनामा दिन आग्रह गरेका थिए ।
 
अध्यक्ष ओली र उपाध्यक्ष बामदेव गौतमको आग्रहमा पराजुलीले मन्त्री पदबाट राजिनामा दिएका हुन् । मन्त्री पराजुली गृहमन्त्री गौतमको कोटाबाट मन्त्री बनेका थिए ।
 
आफूले नियतवश महिलालार्इ नसमातेको बताउने मन्त्री पराजुलीका हर्कतका तस्बिर र भिडियो सामाजिक सञ्जाल र सञ्चारमाध्यम भाइरल भएपछि उनको पद धरापमा परेको थियो । 
 
एमाले उपाध्यक्ष बामदेब गौतमको निकट भएकै कारण मन्त्री भएका पराजुलीले पदीय मर्यादा बिर्सेर महिलालार्इ अश्लील हर्कत देखाउँदै समातेपछि राजीनामा दिनुपरेको हो । 
 
यसअघि पनि मन्त्री पराजुलीले सार्वजनिक स्थानमै खैनी मोलेर खाएपछि बिरोधको सामना गर्नुपरेको थियो । मन्त्री पराजुलीले बुधबार दिनभर सञ्चारमाध्यममा आफूले महिलालार्इ नसमातेको स्पष्टिकरण दिएका थिए ।