मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

झुठा विवरण दिएर नागरिकता लिने थुनामा

झुठा विवरण दिएर नागरिकता लिने थुनामा


सर्लाही । झुठा विवरण पेस गरेर नेपाली नागरिकता प्रमाणपत्र लिएको आरोपमा सर्लाही अदालतले एकजनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।
 
सर्लाहीको किसनपुर गाविस–१ का ६५ वर्षीय रामपुकार रायलाई जिल्ला न्यायाधीश शङ्करराज बरालको इजलासले बुधबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । 
 
झुठा विवरण पेस गरेर २०४२ सालमा नेपाली नागरिकता लिएको आरोपमा पक्राउ परेका रायविरुद्ध जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालतमा मुद्दा चलाएको थियो । त्यस्तै सरकारी कागज किर्ते गरेको मुद्दामा समेत रायलाई जिल्ला न्यायाधीश बरालको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको जिल्ला अदालतका इजलास सहायक भरत घिमिरेले जानकारी दिनुभयो ।
 
वंशजका आधारमा नेपाली नागरिकता लिएका रामपुकारको बुबाको महलमा दुलार राय उल्लेख छ । किशनपुर गाविसमा पञ्चायत कालमा उपाध्यक्षसमेत भएका दुलारको भारतको सितामाढीस्थित सोनवर्षा थानाबाट रामदुलार रायको नाममा भारतीय नागरिकता रहेको र रामपुकारको भने मतदाता नामावलीमा नाम रहेको प्रहरीले जनाएको छ । रासस