मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मन्त्री पराजुलीलाई कारबाही गर्न एमालेमा दबाब

मन्त्री पराजुलीलाई कारबाही गर्न एमालेमा दबाब


काठमाडौँ । कृषिमन्त्री हरिप्रसाद पराजुलीलाई सरकारबाट फिर्ता बोलाउन नेकपा (एमाले) भित्रै दबाब बढेको छ । 
 
मन्त्री पराजुलीले मङ्गलबार मूलपानीमा आयोजित धान रोपाइँका क्रममा सार्वजनिकरूपमा महिलामाथि दुव्र्यवहार गरेको समाचार सञ्चार माध्यममा आएपछि उहाँलाई पदबाट बर्खास्तीको माग उठेको हो । 
 
पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले मन्त्री पदमा रहेर पार्टीको शिर गिराउने काम गरेकाले तत्काल कारबाहीका लागि नेतृत्वलाई ध्यानाकर्षण गरिएको बताउनुभयो । आजको व्यवस्थापिका–संसद्मा अन्य पार्टीका सभासद्ले पनि मन्त्री पराजुलीको आलोचना गरेका थिए । 
 
एमालेका पदाधिकारीले पनि नेतृत्वलाई तत्काल निर्णय लिन सुझाएका छन् भने सभासद्ले अध्यक्ष केपी ओलीलाई प्रमुख सचेतक अग्निप्रसाद खरेलमार्फत् ध्यानाकर्षण गराउनुभएको थियो ।
 
उपाध्यक्ष शाक्यले भन्नुभयो, “मन्त्रीले नै त्यस्तो गरेपछि पार्टीभित्रका र  आम महिला कसरी सुरक्षित हुने भन्ने प्रश्न उठेको छ, के पार्टीमा अन्य छवि भएका र योग्य व्यक्ति छैनन् र ?”
 
एमालेभित्र युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले आफुखुशी नियुक्ति गरेको भनी फिर्ता गराउने या नगराउने भन्नेमा विवाद जारी छ । यी विषयमा आगामी स्थायी कमिटीको बैठकमा छलफल हुने बुझिएको छ । रासस