नेपाल

अधिकृत फरार, मालपोत र नापी कार्यालय ठप्प

अधिकृत फरार, मालपोत र नापी कार्यालय ठप्प


चितवन । अख्तियार अनुसन्धान दुरूपयोग आयोगले लेखनदासलाई नियन्त्रणमा लिएको भन्दै लेखापढी संघ चितवनले ‘पेन डाउन’ गरेपछि मालपोत कार्यालय र नापी कार्यालयमा बुुधबार जग्गा रजिष्टे«सन तथा कित्ताकाटका काम ठप्प भए । लेखनदास दिलबहादुर बुढाथोकीलाई बिना कारण अख्तियारका कर्मचारीले पक्राउ गरेको भन्दै संघले विरोधस्वरूप पेन डाउन गरेको हो । 

एकलाख रूपैयाँ घूस लिएको आरोपमा अख्तियारको नियन्त्रणभित्र रहेका भरतपुरका नापी अधिकृत रामकान्त आचार्यलाई भगाउन सहयोग गरेको भन्दै अख्तियारले बुढाथोकीलाई नियन्त्रणमा लिएको हो । 

Advertisement

लेखनदासहरुले काम नगरेपछि दिउँसो १ बजेसम्म मालपोत कार्यालय र नापी कार्यालयका काम प्रभावित भयो । १ बजेपछि आफ्ना विरोधका कार्यक्रमलाई निरन्तरता दिने संघले निर्णय गरेपछि लेखनदासहरुले दिउँसोबाट कार्यालयमा काम गर्न थालेका थिए ।

विरोधका कारण मालपोत कार्यालयबाट हुने काम र नापी कार्यालयबाट हुने काम प्रभावित भएको जिल्ला मालपोत कार्यालय चितवनले जनाएको छ । 

लेखापढी व्यवसायी पक्राउ परेपछि बुधबार हारगुहारका लागि जिल्ला प्रशासन कार्यालय चितवन पुगेका उनीहरुलाई सीडीओ विनोदप्रकाश सिंहले सबै कामकर्तव्य र अधिकार अख्तियारसँग भएकाले आफूले केही पनि गर्न नसक्ने जवाफ दिएका थिए ।

आचार्य अझै सम्पर्कविहीन 
napi 3अख्तियारको नियन्त्रणमा तीन घण्टासम्म रहेर पनि फरार भएका नापी कार्यालय भरतपुरमा नापी अधिकृत रामकान्त आचार्य अझै सम्पर्कमा नआएको कार्यालयले जनाएको छ । एकलाख रूपैयाँ घूस लिएको आरोपमा मंगलबार भरतपुरमा अख्तियारले नियन्त्रणमा लिए पनि ३ घण्टापछि उनी फरार भएका थिए । 

अख्तियार टोलीले लुकाएको भन्दै खोजी गरिदिन परिवारले सबैमा आग्रह गरेको छ । अभिभावक बेपत्ता पारेको भन्दै परिवार र आफन्तले मंगलबार बेलुकी नापी कार्यालय अगाडि प्रदर्शनसमेत गरेका थिए । 

प्रहरीले भीड हटाउन बल प्रयोग गरेको थियो । अख्तियार क्षेत्रीय कार्यालय हेटांैडाको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । मंगलबार नै फरार भएका आचार्य बुधबार पनि कार्यालय हाजिर नभएको नापी कार्यालयका प्रमुख मणिप्रसाद रेग्मीले बताए । ‘कर्मचारी खोज्नका लागि अख्तियार केन्द्रीय कार्यालयदेखिको दबाब छ, उनले भने, ‘हामीलाई पनि कुनै जानकारी नदिई उहाँ गायब हुनुभयो ।’

‘आचार्यको छोराछोरी आएर बुबा खोजिदिनुप¥यो भनी कुरा राखेका छन्, प्रमुख रेग्मीले भने, ‘के भनेर कहाँ खोज्न जाने हामी ।’ नापी कार्यालय भरतपुरका नापी अधिकृत रामकान्त आचार्य एक लाख रूपैयाँ घूस लिएको प्रमाणित भएपनि अख्तियार कर्मचारीको आँखा छलेर भाग्न सफल भएका थिए । रकम दिएका मोतीले अख्तियार टोलीलाई बयान दिँदै भने, ‘बुढाले पहिले त जग्गा नै मागेका थिए, पछि १ लाखबाट एक रूपैयाँ नघट्ने बताए ।’ 

अख्तियार टोलीसँग समन्वय गरी मंगलबार नापी कार्यालय आएर मोतीले आचार्यलाई कार्यालय परिसरमा रहेको चमेना गृह पछाडिपट्टि गएर एक लाख दिएका थिए । अख्तियार दुरूपयोग अनुसन्धान आयोग हेटांडाको टोलीले एक लाख घूस लिएको आरोपमा आचार्यलाई नियन्त्रणमा लिएको थियो ।

उनीमाथि एक लाख रूपैयाँ घूस लिएको आरोप लागे पनि अख्तियार टोलीले नगद भने बरामद गर्न सकेको थिएन । हराएको जग्गा खोज्ने सवालमा नापी अधिकृत आचार्यले भरतपुरका मोतीबहादुर बराइलीसँग १ लाख घूस लिएको अख्तियारको दाबी छ । 

 

शेयर गर्नुहोस:

0
Shares