मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

राजेश हमाल पुनःनिर्माणका लागि ‘सद्भावना दूत’ नियुक्त

राजेश हमाल पुनःनिर्माणका लागि ‘सद्भावना दूत’ नियुक्त


काठमाडौं, आषाढ १६ । गृहमन्त्री बामदेव गौतमले अबको डेढ महिनाभित्र मुलुकले नयाँ संविधान पाउने बताएका छन् ।
 
भूकम्पपछिको नेपाल र पुनःनिर्माणलगायतका विषयमा केन्द्रित रहेर विभिन्न संघ–संस्थाले सामूहिक रुपमा बुधबार राजधानीमा गरेको कार्यक्रममा गृहमन्त्री गौतमले संविधानको मस्यौदालाई जनतामा पठाउने र जनताबाट प्राप्त सुझावसँगै केही थपघट गरेपछि संविधान जारी हुने बताए ।
 
नयाँ संविधान जारी गरेपछि २००७ सालदेखि जारी राजनीतिक आन्दोलनपनि समाप्त हुने उनको भनाइ थियो ।
 
कार्यक्रममा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी, एमाओवादीका नेता राम कार्कीलगायतले हतारमा पुनःनिर्माण गर्नुभन्दा योजना बनाएर दीगो र भरपर्दो पुनःनिर्माणमा लाग्न सरकारलाई सुझाव दिए ।
 
कार्यक्रममा नेपाली फिल्मका नायक राजेश हमालले काठमाडौं उपत्यकाकालगायत देशका प्रमुख सहरहरुमा अव्यवस्थित सहरीकरण भएको भन्दै यस्ता संरचनाले सधैं जोखिम निम्त्याउने बताए । 
साभार : ईमेज खबर 

शेयर गर्नुहोस:

0
Shares