मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सिडियो र एसपी हली, एलडियो रोपहार !

सिडियो र एसपी हली, एलडियो रोपहार !


चितवन । चितवनको क्षेत्रीय होटल संघ सौराहाको संयोजनमा डेढ दर्जन सरकारी निकाय तथा स्थानीय संघसंस्थाको आयोजनामा मंगलबार चितवनको बछौलीमा धान दिवस अर्थात् असार १५ विशेष कार्यक्रमका सम्पन्न भएको छ । 
 
चितवनका सीडीयो, एसपी र एलडीओलगायत धेरै अधिकारीहरु असार १५ धान दिवसमा किसानको खेतमा पसेर हिलोमा मज्जैसँग रमाएका थिए । उच्च अधिकारीहरु बाउसे र हली बन्दा हेर्ने रोपारमात्रै छक्क परेनन्, नेपाल घुम्न आएका विदेशी पर्यटकसमेत उत्साहित भए । औपचारिक कार्यक्रम र भाषणमात्रै नभएर अधिकारीहरु हिलो छ्यापाछ्याप गरेर रमाए । धान रोप्ने काममा मिहिनेत गर्नेमात्रै हिलोमा देखिने होइन, अरु पनि रमाउन तत्पर हुँदा रहेछन् भन्ने उदाहरण हो यो । 
 
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सहकुलबहादुर थापा खेतमा रहेको हलोको अनौ समाएर ‘ह–ह’ माले भन्दै अलिबेर मज्जैले जोते । प्रमुख जिल्ला अधिकारी (सीडीओ) विनोदप्रकास सिंह पनि अनुभवीले जस्तै हिलोमा हेँगा चलाए । स्थानीय विकास अधिकारी (एलडीओ) भरतमणि पाण्डे बीउ समाएर रोप्न व्यस्त भए । उनीहरुले गरेको कार्य हेरेर पर्यटक पनि मख्ख भए । 
 
‘कृषि र पर्यटनसँगै’ भन्ने नाराका साथ कार्यक्रम आयोजना भएको हो । त्यसैले नेपालीको यो प्रमुख कृषि गतिविधिमा सामेल भएर रमाउन विदेशी पर्यटकहरु पनि तयार थिए । उनीहरु पनि हिलोमा पसे, हातमा बीउ लिए जाने पनि नजाने पनि हिलोमा गाडे । आफूले गरेको यो नौलो कामलाई क्यामेरामा कैद गरे ।
 
असार १५ को कार्यक्रममा विदेशी पर्यटकहरुलाई पनि सहभागी गराउने आयोजकहरुको कोसिस पूरा भएको छ । रोपाइँ विशेष कार्यक्रममा विदेशी पर्यटकहरु निकै रमाएका थिए ।
 
औपचारिक कार्यक्रमपछि हात्तीमाथि राखेर पाहुनाहरुलाई डुलाइएको थियो । पञ्चेबाजाको धुनले वातावरण रमाइलो भयो । ‘खाद्यन्नको प्रमुख स्रोत धान हो । धान खेतीको महत्व बढाउन असार १५ लाई विशेष बनाउन खोजेको हो । आयोजक संस्थाका भेषराज दुवाडीले भने ।