मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनमा १५ प्रतिशतमात्र खेत रोपाइँ

चितवनमा १५ प्रतिशतमात्र खेत रोपाइँ


चितवन । चितवनमा आज १५ असारसम्म १५ प्रतिशतमात्र धान रोपाइँ सकिएको छ । रोपाइँको याम सुरु भएलगत्तै पश्चिम चितवनका न्यून क्षेत्रमा रोपाइँ भएको छ भने पूर्वीचितवनका केही भागमा अलिअलिमात्रै रोपाइँ गरिएको छ।
 
अघिल्लो वर्ष असारभरमा २५ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ गरिएको कृषि कार्यालयका योजना शाखा प्रमुख सन्तोष पौडेलले जानकारी दिए । 
 
यहाँ उत्पादन हुने दुई हजार मेट्रिक टन धानको बीउ देशका ४४ जिल्लामा खपत हुने कृषि कार्यालयले जनाएको छ । जिल्लामा एक लाख २० हजार मेट्रिक टनभन्दा बढी धान उत्पादन हुँदै आएको छ ।