नेपाल

मधेसवादी दलले संविधानसभामै मस्यौदा च्याते

मधेसवादी दलले संविधानसभामै मस्यौदा च्याते


संघीय समाजवादी फोरम नेपालसहितका मधेसवादी दलहरुले संविधानसभाभित्र नयाँ संविधानको एकीकृत मस्यौदा च्यातेका छन् ।
 
मंगलबार राति बसेको संविधानसभा बैठकमा सविधानसभाको बैठकमा सभापति कृष्ण सिटौलाले एकीकृत मस्यौदा टेबल गरेका थिए । सिटौलाले मस्यौदा पेश गरे लगतै नाराबाजी गर्दै फोरम नेपाल, तमलोपा लगायतका दलका सभासदहरु रोष्टम घेराउ गर्न पुगे ।
 
राप्रपा नेपालका सभासदहरुले पनि विरोध गर्दै नाराबाजी गरेका थिए ।
नाराबाजीका क्रममा फोरम नेपाल, तमलोपा लगागतका दलका सभासदहरुले मस्यौदाको प्रति च्यातेका छन् । उनीहरु नाराबाजी गर्दै बाहिरिएका छन् ।

शेयर गर्नुहोस:

0
Shares