मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१६ वर्षदेखि फरार रहेका खाग तस्कर पक्राउ

१६ वर्षदेखि फरार रहेका खाग तस्कर पक्राउ


चितवन । गैंडा तस्करको सजाय पाएर  विगत १६ वर्षदेखि फरार रहेका अभियुक्तलाई मकवानपुर प्रहरी र चितवन राष्ट्रिय निकुञ्जको टोलीले पक्राउ गरेको छ ।
 
चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मारी खाग बिक्री गरेको अपराधमा ७ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना ठहरिएका फरार रहेका मकवानपुर सुकौरा गाविस– ७ स्थाई घर भई हाल चितवनको पदमपुर–१ मा बस्ने ५६ वर्षीय थिङको ज्वाँई भनिने पदमबहादुर भोलनलाई सोमबार राति पक्राउ गरिएको हो ।
 
राति ९ बजेको समयमा श्री जंग गण कसराका सह–सेनानी संजय कार्की, चितवन राष्ट्रिय निकुञ्जका रेन्जर लक्ष्मण राय र प्रहरी चौकी चौघडा, मकवानपुरका प्रहरी सहायक निरीक्षक वीरेन्द्रकुमार खड्कासमेतको संयुक्त टोलीले भोलनको सुकौरास्थित घरबाट पक्राउ गरेको हो ।