मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नवलपरासी खुल्ला दिसामुक्त क्षेत्र घोषणा

नवलपरासी खुल्ला दिसामुक्त क्षेत्र घोषणा


नवलपरासी ।  नवलपरासी जिल्लालाई आज खुल्ला दिसामुक्त क्षेत्र जिल्ला घोषणा गरिएको छ ।  
 
नवलपरासीमा एक समारोहबीच उपराष्ट्रपति परमानन्द झाले नवलपरासी जिल्लालाई औपचारिकरुपमा खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्नुभएको हो ।
 
जिल्लामा कुल जनसङ्ख्यामध्ये एक लाख ३१ हजार ८०५ घरधुरीमा शौचालय निर्माण भई प्रयोगमा आएपछि जिल्लालाई आज औपचारिकरुपमा खुल्ला दिसामुक्त क्षेत्र जिल्ला घोषणा गरिएको सो अवसरमा स्थानीय विकास अधिकारी लालकृष्ण शर्मा पौडेलले जानकारी दिनुभयो ।
 
नवलपरासीका छ नगरपालिका र ५९ गाविस खुला दिसामुक्त भएपछि जिल्लालाई खुला दिसा मुक्त घोषणा गरिएको छ । 
     
यसैबीच उपराष्ट्रपति झाले आज बिहान नवलपरासीका विभिन्न  धार्मिक ऐतिहासिकस्थलमा पूजा गर्नुभएको थियो । 
 
उहाँले नवलपरासीको पाल्ही भगवती, त्रिवेणीधामलगायतका मठ मन्दिरमा पूर्जा अर्चना साथै भगवान गौतम बुद्धको अष्ठ धातु रहेको रामग्राम स्तुपको समेत अवलोकन गर्नुभएको थियो । रासस