मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नयाँ संविधानको मस्यौदा संविधानसभामा

नयाँ संविधानको मस्यौदा संविधानसभामा


काठमाडौँ, १५ असार – संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले एकीकृत मस्यौदा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई बुझाउनुभएको छ । संविधानसभा सचिवालय सिंहदरबारमा सभापति सिटौलाले विभिन्न दलको फरक मतसहितको मस्यौदा आज साँझ बुझाउनुभएको हो ।
 
संविधानसभाको मस्यौदा समितिले नेपालको नयाँ संविधानको पहिलो एकीकृत मस्यौदा सभाध्यक्ष सुवास नेम्वाङलाई बुझाएको छ। यसलाई संविधानसभा सचिवालयमा टेबल गरिएको छ र यसलाई आजै राति बस्ने संविधानसभामा प्रस्तुत गरिने छ।
 
प्रस्तावित मस्यौदामा देखिएका विवाद मिलेपछि चार मुख्य दलका नेताहरुले मस्यौदाको कपीमा हस्ताक्षर गरेका थिए। मस्यौदा समितिमा रहेका कांग्रेस, एमाले, एमाओवादी तथा मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका सभासद्हरुले हस्ताक्षर गरेपछि मस्यौदालाई सभाध्यक्षसमक्ष पेस गरिएको हो।
 
बैठक बेलुका छ बजे  बोलाइए पनि हस्ताक्षर र वितरणलगायतका प्राविधिक काममा केही समय लाग्ने भएपछि बैठक आठ बजेका लागि सारिएको हो। बैठक अघि चार दलका प्रतिनिधि राखेर मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले संक्षीप्त पत्रकार सम्मेलन गरेका थिए। उनले संविधान लेखन एेतिहासिक चरणमा प्रवेश गरेको बताए। 
 
सभाध्यक्षले भने -‘लामो समयदेखि नेपाली जनताले प्रतीक्षा गरेको संविधानको मस्यौदासमेत अब तयार भएको’ उनको भनाइ छ ।
 
मस्यौदा बुझाउनेक्रममा समितिका सभापति कृष्णप्रसाद सिटौलाले प्रारम्भिक मस्यौदा पेश भएसँगै संविधान निर्माणले एउटा आकार लिएको बताए ।
 
‘छिटो र छोटो बाटोबाट संविधानको मस्यौदा पेश भएको र त्यहीअनुसार प्रक्रिया अघि बढाउने’ उनले दाबी गरे ।