मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

जापानमा गरे दुई रोवर्टले विवाह (भिडियो सहित )

जापानमा गरे दुई रोवर्टले विवाह (भिडियो सहित )


टोकियो: गएको शुक्रबार अमेरिकी सर्वोच्च अदालतले सम्पुर्ण राज्यहरुमा समलिङ्गी विवाहलाई मान्यता दिने गरी ऐतिहासिक निर्णय सुनायो । सर्वोच्चको सो निर्णयलाई लिएर कैयन अमेरिकी समलिंगीहरुले स्वागतयोग्य भन्दै खुसी मनाएको समाचारले विश्वभर चर्चा पायो ।
 
तर विवाह विपरित लिङ्गी र समलिङ्गीमा मात्रै सिमित रहेन । हालै जापानमा दुई रोवर्टले पनि विवाह गरेका छन् । २७ जुनमा जापानको राजधानी टोकियोमा एक सय बढी मानिसहरुको उपस्थितीमा दुई रोवर्टले विवाह गरेका हुन् ।
 
 
 
रसियन राइट आरटी डटकमका अनुसार रातो पोसाकमा सजिएको दुलाहा रोवर्टले सेतो पोसाकमा सजिएकी दुलही रोवर्टलाई चुम्बन गर्दै विवाह कार्यक्रममा रौनकता थपेको थियो । सो कार्यक्रममा दुलहा रोवर्टले केक पनि काटेको थियो भने उपस्थित मानिसलाई भोज समेत खुवाएर खुसी बाडेको थियो । समारोहमा अन्य रोर्बटले स्टेज प्रस्तुती दिएका थिए ।
   
 
यी दुई रोवर्ट दुई भिन्नाभिन्नै कम्पनीले निर्माण गरेका हुन् । दुलाहा रोवर्टको निर्माण मायवा देंकी कम्पनीले गरेको हो भने दुलही रोवर्ट नाकायुक्ती तोबो कम्पनीले निर्माण गरेको समाचारमा जनाइएको छ ।