मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

गुडिरहेको बुलेट ट्रेनमै आत्मदाह

गुडिरहेको बुलेट ट्रेनमै आत्मदाह


टोकियो : जापानको सबैभन्दा छिटो कुद्ने रेल बुलेट ट्रेनमा यात्रा गरिरहेकै बेला मङ्गलबार यात्रुले आत्मदाह गरेका छन् ।  गुडिरहेको सो रेलमा एकजना यात्रुले आत्मदाह गरेको र त्यसका कारण लागेको आगोबाट उनी र अर्का एकजनाको ज्यान गएको हो । 
 
सिङ्कानसेन नामको सो रेलमा लागेको आगोका कारण थप दुईजना पनि नराम्ररी घाइते हुन पुगेका छन् । एकजना यात्रुले आफैले शरीरमा तेल छर्किएर आगो झोसेका थिए ।  'एकजना यात्रुले आगो झोसेको थाहा भएको छ', जापानी रेल जेआरको केन्द्रीय कार्यालयका प्रवक्ताले भने, 'जसका कारण उ र उसको नजिकका अर्का एक यात्रु पनि जलेर गम्भीर अवस्थामा छट्पटाउन थालेका थिए ।' 
 
सो घटनापछि उनीहरुलाई रेलका प्रहरीले पक्राउ गरेका थिए । पछि अस्पतालमा उनीहरुको निधन भएको बताइएको छ । जापानी टेलिभिजन एनएचकेले उनीहरुको निधन भएको जनाएको छ । युमियोरी सिम्बुन नामको एक दैनिक पत्रिकाले दिएको जानकारीअनुसार सो आगलागीपछि त्यहाँ रेलभित्रै निकै ठूलो  धुवाँको मुस्लो पनि देखिएको थियो । 
 
सो घटनापछि रेलको चर्पीमा ठूलो आवाज आएको थियो । आवाजपछि रेल आकस्मिक रुपमा रोकिएको थियो । जसका कारण रेलभित्र ठूलो त्रास फैलिएको थियो ।  उक्त रेल जापानको राजधानी टोकियोबाट ओसाकातर्फ यात्रा गरिरहेको थियो । रेलमा कम्तीमा पनि एक हजार जना यात्रु रहेका थिए । एजेन्सी