मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सिन्धुपाल्चोकमा भीषण पहिरो

सिन्धुपाल्चोकमा भीषण पहिरो


सिन्धुपाल्चोक, आषाढ १५ । सिन्धुपाल्चोकको हगाम गाविस याङ्लाकोटको भीषण पहिरो गएको छ ।  मंगलबार बिहान ३ बजे गएको पहिरोले यो गाविसका ५ र ७ नम्बर वडाका ५ वटा अस्थायी घर बगाएको छ ।
 
पहिरो गएपछि भएको भागदौडमा ६ जना घाइते भएका छन् । अन्य मानविय क्षति भने नभएको स्थानीय प्रशासनले जनाएको छ ।
 
भारी बर्षासँगै बस्ती भन्दा तीन सय मिटर माथिबाट आएको पहिरोमा परी केही पशु चौपायासमेत मरेका छन् । पाँचसय भन्दा बढी घरधुरी रहेको ५ र ७ नम्बर वडामा भूकम्पका कारण सबै घर भत्किएकाले स्थानीयहरु सुरक्षित स्थानमा रहेकाले मानविय क्षति नभएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
 
यसैबीच बिहान ३ बजेर ३१ मिनेट जाँदा काभ्रेपलाञ्चोक केन्द्रबिन्दु बनाएर ४ दशमलव ४ म्याग्निच्युटको भूकम्पको पराकम्पन गएको छ ।
पराकम्पनको धक्का काठमाडौंमा समेत महसुस गरिएको थियो ।