मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आइएसद्वारा तीन हजारको हत्या

आइएसद्वारा तीन हजारको हत्या


दमासकस, असार १४– सिरियामा गत वर्ष इस्लामिक स्टेट (आइएस) आतङ्ककारी समूहले तीन हजार २७ व्यक्तिको हत्या गरेको मानवअधिकार समूहले जानकारी दिएको छ । 
 
सिरियाको विभिन्न सहरमा आइएसले मच्चाएको आतङ्कमा एक हजार ७८७ जना सर्वसाधारणसहित तीन हजार २७ व्यक्ति मारिएका सिरियन अबजरभेटरी फर ह्युम्यान राइट्सले आइतबार जानकारी दिएको छ । 
 
लण्डनसँग आबद्ध अब्जरभेटरीका अनुसार सिरियाको विभिन्न प्रान्तमा गत वर्ष आइएसले चार हजारभन्दा बढी व्यक्तिको अपहरण गरेका थिए ।
 
 अब्जरभेटरीका अनुसार सिरियाको नौ वटा प्रान्त अर्थात् ५० प्रतिशत भाग हाल आइएसको नियन्त्रणमा रहेको छ । आइएसको नियन्त्रणमा प्रमुख प्रान्तहरुमा रक्का, देइर अल जोउर, हासाका, हामा, अलेपो रहेका छन् ।