मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अ कनभरसेसन विथ डा. कोजु

अ कनभरसेसन विथ डा. कोजु


अर्विंग, जून २७, यूनाइटेड नेवा: यू. एस. ए. र नेपाली समाज टेक्सास को आयोजनामा ' अ कनभरसेसन विथ डा. कोजु' नामक टल्क कार्यक्रमको आयोजना गरियो | सो कार्क्रममा नेपाल बाट आउनु भएका धुलिखेल हस्पिटलका प्रबन्ध निर्देशक तथा मुटु बिशेसज्ञ डा. राजेन्द्र कोजु सँगै गत २ महिना अगाडी गएको विनाशकारी भूकम्पको बेला उहाँको हस्पिटलले खेलेको भूमिका बारे विभिन्न छलफल गरियो |  डा. कोजु ५ दिने अमेरिकाको भ्रमणमा जून २७ दिन अमेरिकाको डालस सहरमा आउनु भएको थियो र सिधै बिमानस्थलबाट नेपाली समाज टेक्सासको कार्यक्रम स्थल पुग्नु भएको थियो  |
 
विनाशकारी भूकम्प बारे उहाँले आफ्नो हस्पिटलले दिएको सेवा र भविष्य यस्ता बिपतहरु लाई कसरि अझ बढी सशक्त ढङ्गले अझ  तयारीका साथ् सेवा दिने भन्ने बारे प्रकाश पार्नु भयो | बिना तयारी धुलिखेल हस्पिटलले गत २ महिनाको विपत्तिबाट पीडित तथा बिरामी हरुलाइ दिएको सेवा बारे नेपाल लगायत विदेशमा समेत चर्चा छ | आज सम्म पनि धुलिखेल हस्पिटलले दिएको नि शुल्क खाना वितरणका साथै उच्चस्तरिय सेवा दिदै आएको छ र यही सेवा निरन्तर रही रहने विश्वास पनि दिलाउनु भंयो किनकि यदि नियत सफा छ भने लाखौ हातहरू ले उहा तथा उहाँको टिमलाइ साथ् दिनेछ भन्नेमा विश्वस्त हुनुहुन्छ |  
 
कार्यक्रमको सञ्चालन यूनाइटेड नेवा: यू. एस. ए.का वर्तमान अध्यक्ष भाजु प्रमेश श्रेष्ठ ले गर्नु भएको थियो | यूनाइटेड नेवा: यू. एस. ए. मिसा पुच:का तर्फ़बाट मयजु निलिमा श्रेष्ठले  सबै आगन्तुकलाइ स्वागत भाषण गर्नु भए लगत्तै, एनएसटीका अध्यक्ष भाजु भुवन आचार्य मन्तव्य गर्नु भएको थियो | डालस निवासी फिलोपिनो सर्जन डा. मान्योलले पनि भूकम्प गए लगत्तै ३ दिनमै नेपाल पुगेर आफूले गर्नु भएको सेवा तथा अनुभव शेर गर्नु भयो |  डालस सहरका लोकप्रिय डाकटर भाजु  संजिप श्रेष्ठ भर्खर नेपाल बाट फर्कनु भए लगत्तै उहाँले पनि आफ्नो अनुभव साट्नु भएको थियो |  यूनाइटेड नेवा: यू. एस. ए.का सचिव तथा सो कार्यक्रमका प्रस्तोता भाजु स्वयम्भू  शाक्य द्वारा धन्यवाद दिनु भएको थियो | अन्तमा नेवा: सम्येबजी को व्यवस्था पनि गरिएको थियो |