मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

राहतको ट्रकमा अवैध मोबाइल भेटियो

राहतको ट्रकमा अवैध मोबाइल भेटियो


काठमाडौं : राहत सामग्री बोकेको ट्रकमा अवैध मोबाइल फेलापरेको छ। टेकुस्थित आपूर्ति व्यवस्था महाशाखामा राहत लिएर गएको ना ४ ख ३६९ नम्बरको ट्रकमा सामसुङ ब्रान्डको एस थ्री मोबाइल एक सय आठ कार्टुन (पाँच सय ४० पिस) फेलापरेको हो। 
 
चालक लक्ष्मण कार्कीले प्रहरीलाई दिएको बयानअनुसार उक्त ट्रक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बालाजु, सिन्धुपाल्चोक हुँदै महाशाखा पुगेको थियो।
 
महानगरीय प्रहरी परिसरका प्रवक्ता एसपी विश्वराज पोखरेलले महाशाखामा ट्रक बेवारिसे अवस्थामा फेलापरेपछि मोबाइल मात्रै प्रहरीले नियन्त्रणमा लिएको छ। 
 
मोबाइलको कार्टुनको खोलमा युनिट प्ल्यास लेखिएको छ। 
 
ती समान क्यानेडियाको एडा नेपाल नामको कम्पनीबाट पठाइएको प्रहरीले जनाएको छ। 
 
चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छैन। 
 
ट्रकमा अन्य दिनमा पनि यसैगरी अवैध सामान ओसारपसार गरेको आशंका प्रहरीले गरेको छ।