मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

दिपिकासँग बिहे गर्न चाहन्छन् रसेल ब्राण्ड!

दिपिकासँग बिहे गर्न चाहन्छन् रसेल ब्राण्ड!


हाँस्यकलाकार रसेल ब्राण्डले भारतीय अभिनेत्री दिपिका पादुकोणलाई प्रभाव पार्दै प्रेम गरेर विहे गर्ने मनसाय व्यक्त गरेका छन्। पहिलोपटक भारतमा प्रस्तुति दिन आइपुगेका उनले प्रस्तुतिका समारोहका बिच आफ्ना प्रशंसकहरुसँग यस्तो खुलासा गरेका हुन् । 
 
एक भारतीय सञ्चारमाध्यमका अनुसार रसेलले दिपिका लोकप्रिय भएकाले पनि आफू प्रभावित भएको बताएका छन् । उनले दर्शकसँग दिपिकाको नम्बर भए आफूलाई दिन पनि आग्रह गरे ।
 
पेशाले नै हाँस्यकलाकार भएकाले उनको यो कुरालाई गम्भीर लिइएको भने छैन।
 
उनले आफ्नो र गायिका केटी पेरीको सम्बन्ध मात्र १४ महिना टिकेको तर भारतीय फिल्म त्यो भन्दा बढी समय चल्ने भन्दै गरेको प्रशंसाले भने भारतीय फिल्मको लोकप्रियतालाई भने स्पष्ट पार्छ ।
 
बेलायती हाँस्यकलाकार रसेल ब्राण्ड र गायिका केटी पेरीको सम्बन्ध टुक्रिएको धेरै भएको छैन। विहे गरेको १४ महिनामै उनीहरुको सम्बन्ध बिच्छेद भएको थियो। -दिपिकासँग बिहे गर्न चाहन्छन् रसेल ब्राण्ड! -एजेन्सी