मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

घरले च्यापेर बालकको मृत्यु

घरले च्यापेर बालकको मृत्यु


अछाम । लगातार तीन दिनसम्म आएको वर्षाका कारण घर भत्किएर अछाममा एक बालकको ज्यान गएको छ । अछामको वीरपथ गाविस वडा नं १ का कमल खड्काका नौ वर्षीय छोरा लालबहादुर खड्काको गएराति घर भत्किएर ज्यान गएको हो । 
 
जिल्ला प्रहरी कार्यालय अछामले दिएको जानकारीअनुसार लगातारको वर्षाले घर भत्किन थालेपछि घरका अरू सबै परिवार बाहिर निस्कन सफल भएको र लालबहादुर भने च्यापिएका थिए । बुधबार रातिबाट सुरु भएको वर्षाले यस पटक अछामका सम्पूर्ण ग्रामीण सडकहरू अवरुद्ध भएका छन् भने ठाउँठाउँमा साना ठूला पहिरोसमेत गएका छन् । रासस