मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

यसकारण भयो अमेरिकी हेलिकप्टर दुर्घटना

यसकारण भयो अमेरिकी हेलिकप्टर दुर्घटना


काठमाडौ – सिन्धुपाल्चोकको घोर्थली–३ मा दुर्घटना भएको अमेरिकी हेलिकप्टरको बारेमा अध्ययन गर्न गठित कार्यदलले आज आफ्नो प्रतिवेदन पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय कृपाशुर शेर्पालाई बुझाएको छ ।
 
भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यका लागि आएको यु एच–१ वाइ हुए हेलिकप्टर गत वैशाख २९ गते सिन्धुपाल्चोकको घोर्थली–३ मा दुर्घटना भएको थियो ।
 
उक्त दुर्घटनाको सत्यतथ्य कारण पत्ता लगाउन गत जेठ ६ गते नेपाली सेनाका प्रधानसेनापति गौरबशमशेर जबराको निर्देशनमा सहायक रथी सुधीर श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय नेपाली तथा संयुक्त राज्य अमेरिकाको विज्ञ टोली सम्मिलित संयुक्त छानबिन कार्यदल गठन गरिएको थियो ।
 
प्रतिवेदनमा दुर्घटना हुनुको सम्भावित कारण कालिञ्चोक पहाड शृङ्खलाको भौगोलिक बनोट र खराब मौसमका कारण अकस्मात् सो हेलिकप्टर बादलमा आइएमसीमा प्रवेश हुन पुगी समुन्द्री सतहदेखि लगभग ११ हजार २०० फिट अग्लो कालिञ्चोक पहाडको पश्चिमतर्फको कडा चट्टानी भू–भागमा ठोक्किएर दुर्घटना हुन पुगेको जनाएको छ ।
 
त्यसैगरी संयुक्त छानबिन कार्यदलले सम्बद्ध निकायलाई भविष्यमा यस्ता दुर्घटनाबाट बच्नका लागि केही सुरक्षाका उपायसमेत सिफारिस गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । रासस