काठमाडौँ, ११ असार । नेपालमा फेरि भूकम्पको धक्का महसुस भएको छ । आज साँझ ६ बजेर २ मिनेट जाँदा दोलखा गौरीशङ्कर संरक्षण केन्द्र केन्द्रविन्दु भएको ४.२ रिक्टर स्केलको परकम्प महसुस गरिएको छ ।
खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यसअघि आजै अपराह्न २ बजेर ४५ मिनेट जाँदा ललितपुर गोदावरी केन्द्रविन्दु भएको ४.१ रिक्टर स्केलको परकम्प गएको थियो ।
यसअघि हिजो राति मार्ध तीन वटा धक्का महसुस गरिएका थिए । खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गत वैशाख १२ गतेको ‘गोरखा भूकम्प’पछि अहिलेसम्म चार रिक्टर स्केलमाथिका ३०० भन्दा बढी परकम्प गइसकेको छ ।
प्रतिक्रिया