मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

आइएसलेद्वारा १२ जनाको शीर छेदन गरी हत्या गरेको भिडियो सार्वजनिक

आइएसलेद्वारा १२ जनाको शीर छेदन गरी हत्या गरेको भिडियो सार्वजनिक


इस्लामिक आतंकवादी समूह ‘आइएस’ले सिरियामा १२ जनाको शीर छेदन गरी हत्या गरेको भिडियो सार्वजनिक गरेको छ ।
 
इस्लामिक चरमपन्थी संगठनको विरोधी रहेको आरोपमा उनीहरुको शीर छेदन गरिएको आइएसले जनाएको छ ।
 
शीर छेदन गरिएकाहरु अधिकांश साउदी अरब समर्थित जैस अल इस्लामका सदस्य रहेको खुलासा भएको छ । हालै जारी गरिएको भिडियोमा १२ जना रंगीबिरंगी कपडामा देखिएका छन् । आइएसले जारी गरेको भिडियोका कारण सिरियाका जेहादी संगठनबीचमा संघर्ष हुने निश्चित रहेको सिरियाली सरकारले जनाएको छ ।
 
यसअभि आइएसले १६ जनाको शीर छेदन गरेको भिडियो सार्वजनिक गरेको थियो । सिरियामा अझै पनि सयौं नागरिक आइएसको कब्जामा छन् । (एजेन्सी)