मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

‘अनसेन्ड सेवा’, पठाइसकेको इमेल यसरी लिनुस् फिर्ता

‘अनसेन्ड सेवा’, पठाइसकेको इमेल यसरी लिनुस् फिर्ता


इमेलको प्रयोग गर्ने क्रममा कहिलेकाहीँ यस्तो पछुतो हुन्छ की नपठाउनुपर्ने व्यक्तिलाई तथा नपठाउनुपर्ने चिज कसैलाई पठाइन्छ भुलबस । पठाइसकेको इमेल फिर्ता लिन पनि नमिल्ने ।
 
कहिलेकाहीँ त गलत इमेल वा गोप्य इमेल नजानुपर्ने व्यक्तिलाई गएको रहेछ भने बित्यासै पर्ने अवस्था पनि आउनसक्छ । कहिलेकाहीँ र भुलबस रिप्लाइ टु अल बटन थिच्दा त कहिलेकाहीँ गलत मानिसको इमेल ठेगाना टाइप हुँदा वा कहिलेकाहीँ फाइल अट्याच गर्न बिर्सिँदा पनि यस्तो हुनसक्छ ।
 
यहीँ समस्यालाई ध्यानमा राख्दै गुगलले आफ्नो इमेल सेवा जिमेलमा पठाइसकेको इमेल फिर्ता गर्न सक्ने फिचर सुरु गरेको छ ।
 
सन् २००९ मै गुगलले अनडु सेन्ड फिचरलाई जिमेलको ल्याब्स फिचर अन्तरगत लुकाएर परीक्षणको रुपमा सुरु गरेकोमा हाल आएर यसलाई सबै प्रयोगकर्ताले प्रयोग गर्न सक्नेगरी औपचारिक रुपमा सार्वज्निक गरेको छ ।
 
गुगलले मंगलबारदेखि अनडु सेन्ड अप्सन आफ्नो जिमेल सेवामा उपलब्ध रहेको जानकारी गराएको छ, र यो फिचर जिमेलको सेटिङ अप्सनमा उपलब्ध रहेको छ ।