चितवन । मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा २ जना पक्राउ परेका छन् । चितवन प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा नवलपरासीको माकर नगरपालिका वडा नं ४ बर्दघाट बस्ने वर्ष ८५ का नरबहादुर तामाङ र काठमाडौँको बालाजु बोराटार बस्ने अन्दाजी ३१ वर्षीया जानुका लामा रहेकी छन् । उनीहरुमाथि युवायुवती ललाइफकाइ बेच्ने कार्य गरेको आरोप छ ।
उनीहरुलाई प्रहरीले गत असार ८ गते नारायणगढ र काठमाडौँबाट पक्राउ गरिएको चितवन प्रहरी प्रवक्ता डिएसपी राजन अधिकारीले जानकारी दिए । थप अनुसन्धानका लागि पक्राउ परेका मानिसहरुलाई महानगरीय प्रहरी वृत्त बालाजु, काठमाडौँमा बुझाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया