मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नगरपालिकाको गाडी दुरुपयोग भएपछि नियन्त्रणमा

नगरपालिकाको गाडी दुरुपयोग भएपछि नियन्त्रणमा


कावासोती । नवलपरासीको देवचुली नगरपालिकाका कार्यकारी अधिकृतले सरकारी सवारीसाधन दुरुपयोग गरेपछि स्थानीय युवाले केही समय नियन्त्रणमा लिएका छन् । गरपालिकाका कार्यकारी अधिकृत हरिप्रसाद चापागाईंले कार्यालयको बा २ झ १२६० नम्बरको सरकारी गाडी घरायसी प्रयोजनमा प्रयोग गरेको भन्दै स्थानीय युवाहरुले नियन्त्रणमा लिएका हुन् । कार्यालयको सवारी अधिकृत चापागाईंले छोराछोरीलाई स्कुल पु¥याउन प्रयोग गर्ने, बिदाका दिनमा समेत व्यक्तिगत प्रयोजनमा प्रयोग गर्न थालेपछि स्थानीय युवाहरुले शुक्रबार बिहान देवचुली–१५ स्थित प्रगतिनगरको विश्वज्योति बोर्डिङ अगाडिबाट नियन्त्रणमा लिएका हुन् ।
 
कार्यकारी अधिकृतले कार्यालयको सवारी घरायसी प्रयोजनमा प्रयोग गर्न थालेपछि नियन्त्रणमा लिइएको स्थानीय युवा वसन्त पोखरेलले बताए । हामीले धेरै दुरुपयोग भएको पाएपछि बाध्य भएर सचेत गराउनका लागि नियन्त्रणमा लिएका हौँ, स्थानीय नारायणी टोल सुधार समितिका अध्यक्षसमेत रहेका पोखरेलले भने, ‘उनले श्रीमती घुमाउन सौराहा लैजाने, सपिङका लागि ठुटिबारी जानेलगायतका व्यक्तिगत काममा सरकारी साधन प्रयोग गरेका छन् । पोखरेलका अनुसार अधिकृत चापागाईंले अब आइन्दा घरायसी प्रयोजनमा सवारी प्रयोग नगर्ने प्रतिबद्धता व्यक्त गरेपछि सचेत गराउँदै सवारी छाडिएको छ ।
 
अधिकृत चापागाईंले भने विद्यालयको सवारी नआएका कारण शुक्रबार कार्यालयको सवारी प्रयोग गरेको स्वीकार्नु भएको छ । उनले विद्यालयको सवारी नआएको र आफू पनि कार्यक्रममा भएकाले शुक्रबार कार्यालयको सवारी प्रयोग भएको भन्दै अब त्यस्तो नहुने बताए ।