मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

महाकालीमा पानीको बहाव बढ्दै, दुई लाख २५ हजार क्युसेक पानी पुग्यो

महाकालीमा पानीको बहाव बढ्दै, दुई लाख २५ हजार क्युसेक पानी पुग्यो


भीमदत्तनगर । महाकाली नदीमा पानीको बहाव बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारीअनुसार बिहान ८ बजे गरिएको मापनअनुसार महाकालीमा पानीको बहाव दुई लाख २५ हजार तीन सय क्युसेक पुगेको छ । 
 
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अभिनारायण काफ्लेले महाकाली नदीमा पानीको बहाव बढिरहेको बताउनुभयो ।
 
दुई दिनदेखि भइरहेको वर्षाका कारण महाकाली नदीमा बाढी आउन थालेपछि दार्चुलाको अपी नगरपालिका–११ बङ्गाबगडमा रहेको कैलाशपति निमावि आगामी आइतबारदेखि मङ्गलबारसम्म तीन दिनका लागि बन्द गर्ने निर्णय गरिएको छ । 
 
त्यसैगरी कञ्चनपुरको मध्यभागमा पर्ने दोदा नदीले शङ्करपुर गाविस–७ मा कटान थालेको प्रहरीले जनाएको छ । दोदाले हालसम्म छ जनाको खेत कटान गरेको खबर आएको प्रवक्ता काफ्लेले बताउनुभयो । 
 
त्यसैगरी महाकाली पारीको दोधारा चाँदनी नगरपालिका–१० मा पर्ने महाकाली नदी र जोगबुढा नदीको मिलन हुने क्षेत्रमा पनि डुबान पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । “दुई नदीको मिलनविन्दुको वरपरको बस्तीमा डुबान पर्ने खतरा रहेको छ ।” काफ्लेले भन्नुभयो – “अन्यत्र अवस्था सामान्य छ ।” वर्षा नरोकिएकाले बाढीको खतरा पनि बढ्दै जाने उहाँको भनाइ छ । वर्षा नरोकिएकाले महाकालीमा पानीको बहाव अझै बढ्ने सङ्केत देखिएको छ । रासस