मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

निकुञ्ज अवलोकनसँगै होमस्टेको मज्जा

निकुञ्ज अवलोकनसँगै होमस्टेको मज्जा


नवलपरासी । नवलपरासीसँग जोडिएको चितवन राष्ट्रिय निकुञ्जको अवलोकन गर्न आउने पर्यटकहरुलाई लक्षित गरी सञ्चालनमा आएका होमस्टेहरु सफल हुँदै गएपछि नवलपरासीको सिसवार उपभोक्ता समितिले पनि होमस्टे सञ्चालनमा ल्याउने भएको छ ।

नवलपरासीको रहजर र देवचुली नगरपालिकामा पर्ने सिसवार मध्यवर्ती उपभोक्ता समितिले होमस्टे सञ्चालनका लागि भवन निर्माणको काम सुरू गरिसकेको छ । त्यसका लागि सिसवार मध्यवर्तीले भवन निर्माणका लागि गिटी बालुवा निःशुल्क उपलब्ध गराउने र विभिन्न संघसंस्थाबाट आर्थिक सहयोगसमेत जुटाउने काम गरेको समितिका सदस्य नेत्रबहादुर पाण्डेले बताए ।

थारु, बोटे र ब्राम्हण समुदाय मिलेर २४ घर समुदायबाट खोल्न थालेको होमस्टे मंसिर महिनासम्ममा सञ्चालनमा आउने तयारीमा छ । समुदायबाट खोलिएको निकुञ्ज प्रवेश गर्ने पहिलो प्रवेश रहेको र निकुञ्जले हात्तीहरु समेत राख्ने गरेकोले यहाँ होमस्टे सञ्चालनको प्रशस्त सम्भावना रहेको सिसवार मध्यवर्ती उपभोक्ता समितिका कार्यालय सचिव सत्यराज अधिकारीले बताए ।

रजहरको प्रिप्रहरमा होमस्टेको सञ्चालनमा आउन लागेको हो । चितवन राष्ट्रिय निकुञ्जको तुलनामा मध्यवर्ती क्षेत्रमा रहेको सामुदायिक वनहरुमा पर्यटकीयको सम्भावना प्रवल रहेकोले होमस्टे सञ्चालनमा ल्याउन लागेको सिसवार उपभोक्ता समितिका सदस्य विष्णुप्रसाद पौडेलले बताए । नवलपरासीमा अहिलेसम्म थारु, बोटे, मगरलगायतका समुदायले खोलेका होमस्टेहरु सफल भएपछि अहिले नवलपरासीमा होमस्टे थपिने क्रम बढेको छ ।