काठमाडौं । नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन आएका विशिष्ट पाहुनाले भूकम्पबाट क्षति भएको काठमाडौं उपत्यकाका सम्पदा क्षेत्रको भ्रमण गरेका छन् ।
बुधबार बिहान क्षतिग्रस्त हनुमान ढोका घुमाउने क्रममा विशिष्ट पाहुनालाई हेलमेट, पञ्जा, मास्क र ज्याकेट लगाई त्यस क्षेत्रको अवलोकन गराइएको थियो । सम्मेलनमा भाग लिन आएका ३४ जना विशिष्ट अतिथिले हनुमानढोका दरबार क्षेत्र अवलोकन गरेका थिए ।
वैशाख १२ को भूकम्पले काष्ठमण्डप, भाजु देवल, नारायण्ँ मन्दिर, लक्ष्मीनारायण्ँ मन्दिर, शिवपार्वतीको मन्दिर, नौतलेदरबारमध्ये तीनतला, गद्दी बैठक, सिंहढोका, कागेश्वर मन्दिर, तलेजु मन्दिर, पञ्चमुखी हनुमानजस्ता जीवन्त संस्कृतिको धरोहरलाई Ôति पु¥याएको छ ।
पूणर््ँ Ôति नभएका संरचनालाई फलाम तथा काठको टेकाले अड्याइएको छ । विशिष्ट पाहुनाहरुले बढो उत्सुकतापूर्वक ती Ôेत्रका ऐतिहासिक महत्वका बारेमा जानकारी लिएका थिए । सो अवसरमा हनुमानढोका हेरचाह अड्डाका प्रमुख सरस्वती सिंहले विशिष्ट अतिथिलाई सो Ôेत्रको बारेमा अवगत गराउँनुभएको थियो ।
प्रतिक्रिया