मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

बाह्र वर्षीया बालिकाले बमबोकी दशको हत्या

बाह्र वर्षीया बालिकाले बमबोकी दशको हत्या


उत्तरपूर्वी नाइजेरियाको एक बजार इलाकामा मङ्गलबार एकजना १२ वर्षीया आत्मघाती आक्रमणकारी बालिकाले बम विस्फोट गराएकी छिन् ।
 
सो विस्फोटमा परी कम्तीमा पनि १० व्यक्तिको मृत्यु भएको जनाइएको छ । सो विस्फोटनमा परी अन्य दर्जनाँै घाइते भएका जनाइएको छ ।
 
घाइते हुनेहरुमा आत्मघाती आक्रमण गराउने ती बालिकाकी एक आफन्तसमेत रहेको जनाइएको छ । नाइजेरियामा बोको हराम आतङ्ककारी समूहले युवती र बालिकाहरुलाई प्रयोग गरी प्रायः बजार इलाकामा सर्वसाधारणलाई लक्ष्यगरी आक्रमण गर्दै आएको पाइन्छ ।
 
दमातुरुको प्रान्तीय राजधानी योबे राज्यको गुज्बा जिल्लाको वगीर बजारमा स्थानीय समयाअनुसार ११ बजे सो विस्फोटन भएका जनाइएको छ ।
 
घाइतेमध्येका एकजनाले आत्मघाती ती बालिका करिब १२ वर्षको भएको जनाएका छन् । गत सोमबार पनि बोर्नो राज्यको प्रान्तीय राजधानी मैदुगुरीमा एक माछा बजार नजिकै बस बिसौनीमा करिब १७ वर्षीया युवतीले गराएको आत्मघाती विस्फोटमा कम्तीमा पनि २० जनाको मृत्यु भएको थियो ।
 
गत मे २९ मा नाइजेरियमा नयाँ राष्ट्रपति मुहम्मद बुहारी शक्तिमा आएपछि बोको हराम आतङ्ककारी समूहका आत्मघातीलगायतका आक्रमण बढाएका जनाइएको छ । रासस/एएफपी