मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

सासूलाई म ग्ल्यामर्स भूमिकामा देखिएको मनपर्छ: करिना

सासूलाई म ग्ल्यामर्स भूमिकामा देखिएको मनपर्छ: करिना


बलिउड अभिनेत्री करिना कपुरले बताएअनुसार उनी सेक्सी र ग्ल्यामरस देखिनमा सासु तथा पुरानी अभिनेतृ शर्मिला टैगोरको हात रहेको खुलासा गरेकी छिन्। 
 
उनका अनुसार शर्मिला फिल्मका गीत र नाच खुबै मन पराउँछिन्। शर्मिलाले करिनाको ‘फेविकोल’ गीत साह्रै मन पराएकी थिइन्। फिल्मका गीत र नाच मन पराउने भएकाले शर्मिलाले करिनालाई सेक्सी र ग्ल्यामरस देखिनुपर्ने सुझाव दिएकी हुन्।
 
करिनाले भनेकी छिन्,‘विहेपछि घर र करियर एकैसाथ चलाउने प्रेरणा मैले सासुबाटै पाएको हूँ। किनकी उहाँले बच्चा भएपछि पनि करियरलाई निरन्तरता दिनुभयो। उहाँले ठूला स्टारसँग काम गर्नुभएको छ । यो साह्रै महत्वपूर्ण कुरा हो। परिवार र करियर एकैसाथ सम्हाल्न सकेकोले उहाँ मेरो सधैं प्रेरणामा रहनुहुन्छ।’
 
१७ जुलाईमा रिलिज हुसने फिल्म बजरंगी भाइजानमा देखिन लागेकी करिनाले हेमा मालिनी र शर्मिला टैगोरको अभिनयबाट धेरै प्रभावित भएको पनि बताएकी छिन्।- एजेन्सी