मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

यस्तो हुनेछ आइफोन सेभेन

यस्तो हुनेछ आइफोन सेभेन


एप्पलको आइफोनका पारखीहरुका लागि खुसीको खबर छ । एप्पलले निकट भविष्यमा बजारमा ल्याउने आइफोन ७ यस्तो हुनेछ, जुन विद्यमान स्मार्टफोनहरुको आधारमा हुने कल्पना भन्दा भिन्न हुनेछ ।
 
समाचार अनुसार आइफोन ७ मा होम बटन हुनेछैन । होम बटन नहुने भएपछि स्मार्टफोनको पूरै फ्न्ट प्यानलमा स्मार्टफोनको स्क्रिन रहनेछ । होम बटन हुने ठाउँमा फिंगरपि्रन्ट सेन्सर हुनेछ, जसका कारण यो आइफोनले निकै अत्याधुनिक तथा अनौठो तरिकाले काम गर्नेछ ।
 
डिजीटाइम्सका अनुसार आइफोन सेभेनमा एप्पलले नयाँ प्रविधिको प्रयोग गर्दैछ, त्यसको नाम हो टच एण्ड डिस्प्ले ड्राइभर इन्टिग्रेसन अर्थात् टीडीडीआइ सिंगल चिप सोल्यूसन । यो प्रविधि एकिकृत फिंगरपि्रन्ट सेन्सरले युक्त हुनेछ । यो प्रविधिको प्रयोगले आइफोन सेभेनलाई निकै पातलो अर्थात् अस्ट्रा स्लिमका साथै डिस्प्लेलाई अल्ट्रा न्यारो बनाउनका लागि सहयोग मिल्नेछ ।
 
एप इनसाइडरका अनुसार एप्पलको यो जादुमयी फोन २०१७ सम्ममा बजारमा आउनेछ । एप्पलका कैयन् नयाँ प्रोजेक्टका बारेमा प्रायः सही जानकारी दिने सबैजसो सुत्रहरुले आइफोन सेभेनमा एप्पलले होम बटन हटाएर नयाँ प्रविधिको प्रयोग गर्न लागेको पुष्टि गरेका छन् ।
 
दाबी गरिएअनुसारको प्रविधिले युक्त आइफोन सेभेन बजारमा आयो भने सेल्फीप्रेमीहरुका लागि यो फोन पहिलो रोजाइको हुनेछ । किनकी आइफोन सेभेनबाट निकै सार्प सेल्फी लिन सकिनेछ । एप्पलले आगामी आइफोनको फ्रन्ट क्यामराको क्षमता विस्तार गर्न लागेको आइओएस नाइनको कोडिङको विश्लेषण गर्ने विज्ञहरुले बताएका छन् ।
 
आइफोन सेभेनको फ्रन्ट क्यामराबाटै फुल एचडी भिडियो रेकर्ड गर्न सकिनेछ र फ्लास समेत दिन सकिन्छ । आइओएस नाइस फेसटाइम क्यामरालाई १०८० पिक्सेलमा भिडियो रेकर्ड गर्न मद्दत गर्दछ । जबकी आइफोन सिक्स तथा सिक्स प्लसमा ७२० पिक्सेलको फ्रन्ट क्यामरा छ । फ्रन्ट क्यामराको क्षमता विस्तारका कारण आइफोन सेभेनबाटै प्यानोरेमिक सेल्फी लिन सकिनेछ ।
 
आइफोन सेभेनमा फोर्स टच प्रविधि हुनेछ जसले एप्स प्रयोगलाई अझै सहज बनाउनेछ । यो प्रविधिलाई एप्पलले म्याकबुकमा प्रयोग गरिसकेको छ । यो प्रविधि अनुसार यदि तपाइँले फोनको स्क्रिनमा केही सेकेण्डसम्म थिचिरहनुभयो भने फोनले बुझ्नेछ की तपाइँ फोन मेनुमा जान चाहनुहुन्छ । अनि आइफोनको स्त्रिmनमा फोन मेनु देखिेनछ ।
 
श्रोतका अनुसार आइफोन सेभेनमा ए नाइन प्रोसेसर, २ जिबी र्याम हुनुका साथै १२ मेगापिक्सेलको पछाडिको क्यामरा रहने बताइएको छ । श्रोतका अनुसार आइफोन सेभेनमा एप्पल वाचमा जस्तै आल्मुनियम तथा रोज गोल्डको प्रयोग गरिनेछ । -एजेन्सी