मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

अमेरिकालाई फ्रान्सको चेतावनी

अमेरिकालाई फ्रान्सको चेतावनी


काठमाडौं, आषाढ ९ । आफ्नो देशको सुरक्षा जासुसी गर्ने अमेरिकी हर्कत कुनै हालतमा सैह्य नहुने चेतावनी फ्रान्सले दिएको छ । फ्रान्सेली राष्ट्रपति फ्राँस्वाँ ओलान्डले आफू र आफ्ना दुई पूर्वराष्ट्रपतिविरुद्धको अमेरिकी जासुसी, फ्रान्सविरुद्ध सुराकी नगर्ने अमेरिकी प्रतिबद्धताविपरित भएको भन्दै आक्रोश व्यक्त गरे ।
 
अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए)ले फ्रान्सेली राष्ट्रपतिहरुको जासुसी गरेको खुलासा विकिलिक्सले गरेपछि ओलान्डले आफूले दिएको वचन पूरा गर्न पनि अमेरिकाको ध्यानाकर्षण गराए । एनएसएले सन् २००६ देखि सन् २०१२ सम्म फ्रान्सेली राष्ट्रपतिहरु ओलान्ड, निकोलस सार्कोजी र ज्याक शिराकको जासुसी गरेको दाबी विकिलिक्सको छ ।
 
विकिलिक्सका सबै आरोपमा कुनै टिप्पणी नगर्ने भन्दै अमेरिकी राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता नेड प्राइसले ओलान्डको सूचना निगरानीमा नराखिएको र राख्ने काम पनि नगरिने प्रष्टिकरण दिएका छन् । एनएसएमाथि यसअघि पनि जर्मन चान्सलर एन्जेला मर्केल र ब्राजिलियन एवं मेक्सिकन नेताहरुको जासुसी गरेको आरोप लागिसकेको छ ।
 
विकिलिक्सले फ्रान्सेली राष्ट्रपति ओलान्ड ग्रीस युरोजनबाट बाहिरियोस् भन्ने पक्षमा रहेको पनि जनाएको छ । (एजेन्सी)